शेयर बजारमा ७ अंकले घट्दा कारोबार रकम ४ अर्ब १३ करोड

शेयर बजारमा ७ अंकले घट्दा कारोबार रकम ४ अर्ब १३ करोड


काठमाडौं – साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ। आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव ३१ अंकले घटेर १,९९८ दशलमव ९६ को विन्दुमा कायम भएको छ।

आज दिनभरमा ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ।

आज सबैभन्दा धेरै आइएमई लाइफको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।