गार्डियन माइक्रो लाइफद्धारा २ करोड ४ लाख कुल बीमाशुल्क संकलन

गार्डियन माइक्रो लाइफद्धारा २ करोड ४ लाख कुल बीमाशुल्क संकलन


काठमाडौं– गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१को तेस्रो त्रैमाससम्ममा २ करोड ४ लाख कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ७५ लाख ५८ हजार सिंगल प्रिमियम सहित कुल २ करोड ४ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको उल्लेख गरेको हो ।

त्यस्तै, कम्पनीले १ करोड ७८ लाख ६६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । पछिल्लो तीन महीनामा मात्रै कम्पनीले १ करोड २५ लाख ४५ हजार रुपैयाँ संकलन गरेको छ । समीक्षा अवधिसम्म कम्पनीले ७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। तेस्रो त्रैमासमा मात्रै यस कम्पनीको नाफा ३ लाख ९८ हजार रुपैयाँ छ ।

त्यसैगरी समीक्षा अवधिसम्म कम्पनीले ४५ करोड ५० लाख दीर्घकालीन लगानी गरेको छ भने ५ करोड ७७ लाख रुपैयाँ अल्पकालीन लगानी गरेको छ । यस्तै चैतसम्म कम्पनीले ४ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा २ लाख ६२ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा २२ लाख ७ हजार रुपैयाँ सञ्चित छ ।