सिंगटी हाइड्रो करिब साढे १ करोड कित्ता शेयर नेप्सेमा सुचिकृत

सिंगटी हाइड्रो करिब साढे १ करोड कित्ता शेयर नेप्सेमा सुचिकृत


काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयर सुचिकृत भएको छ। कम्पनीले निष्काशन गरेको १०० प्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । उक्त शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्नेछन् ।

कम्पनीले २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु.१०० अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको निष्काशन गरेको थियो ।