नेपाल फाईनान्सको अवितरित हकप्रद शेयर बिक्रीमा

नेपाल फाईनान्सको अवितरित हकप्रद शेयर बिक्रीमा


काठमाडौं – नेपाल फाईनान्सको करिब ११ लाख शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको अवितरित १० लाख ९४ हजार ४७१.१८७ कित्ता हकप्रद शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० अंकले भाग जाने संख्यामा बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ ३ गतेसम्म तोकिएको छ।