मेरो माइक्रोफाइनान्सको नाफामा उल्लेख्य वृद्धि, इम्पेरमेन्ट चार्ज घट्यो, अन्य सूचक कस्तो ?

मेरो माइक्रोफाइनान्सको नाफामा उल्लेख्य वृद्धि, इम्पेरमेन्ट चार्ज घट्यो, अन्य सूचक कस्तो ?


काठमाडौं– मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफामा वृद्धि भएको देखाएको हो ।

विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४६.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको यो अवधिसम्ममा संस्थाले १ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १५.५५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १६.३४ प्रतिशतले बढेको छ। त्यसैगरी, संस्थाको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.६७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११८६.९२ प्रतिशतले बढेको छ। लघुवित्त संस्थाको को इम्पेरमेन्ट चार्ज भने घटेको छ । संस्थाको इम्पेरमेन्ट चार्ज १३ करोड ४९ लाखबाट घटेर ३ करोड ८८ लाख रुपैयाँमा झरेको हो। यो अवधिमा संस्थाको निष्क्रिय कर्जा भने १.४९ प्रतिशतविन्दु घटेको छ।

उक्त संस्थाको १ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा ७० करोड ९१ लाख रुपैयाँ सञ्चित गरेको छ। चैत मसान्तसम्ममा संस्थाले ११ अर्ब ६९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १३ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।