काठमाडौं –राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा. मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री सम्माननीय छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ।अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटवार्ता दुई देशबीचको सम्बन्ध, पर्यटन, उर्जा तथा कृषि क्षेत्रको विकासको लागि आ–आफ्ना अनुभवहरुको आदान–प्रदान गर्दै नेपाल र भुटान बीच सहकार्य गर्ने विषयमा कुराकानी भएको छ। प्रधानमन्त्री तोब्गेले नेपालको सोह्रौं योजनाले के–कस्तो विषयलाई जोड दिएको छ भन्ने जिज्ञासा पनि राखेका थिए ।



About Us
प्रतिक्रिया