स्वस्तिक लघुवित्तमा रोजगारीको अवसर

स्वस्तिक लघुवित्तमा रोजगारीको अवसर


काठमाडाैं – स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। संस्थाले दरखास्त आह्वान गर्दै दुई पदका लागि २१ जना कर्मचारी माग गरेको हो ।संस्थाले सहायक प्रबन्धक पदका लागि एक जना कर्मचारी माग गरेको छ ।

जुन पदका लागि योग्यता स्नातकोत्तर तोकिएको अथवा बैंक तथा वित्तीय संस्थामा एक तह मुनी २ वर्ष वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तह मुनिको पदमा ३ वर्ष काम गरेको हुनुपर्ने बताइएको छ ।

त्यस्तै, संस्थाले प्रशिक्षार्थी कनिष्ठ सहायक पदमा पनि २० जना कर्मचारी माग गरेको। जुन पदको लागि शैक्षिक योग्यता एस .ई. ई वा सो सरहको परीक्षा उर्तीण गरी कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्ने छ।

संस्थाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।