२७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघले अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ हजार ७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको जनाएको छ । साथै आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँ कायम छ ।

त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।