कामना सेवा विकास बैंक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच सम्झौता

कामना सेवा विकास बैंक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच सम्झौता


काठमाडौं– कामना सेवा विकास बैंकले बुटवलको ओम मुक्तिनाथ पोलिक्लिनकसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त पोलिक्लिनकमा बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।