हिमालयन लघुवित्तको नाफामा ७३ प्रतिशत वृद्धि



काठमाडौं– हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७३.८७ प्रतिशतले बढेको छ ।

कम्पनीले गत आवमा ६५ लाख ५५ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आवमा बढेर एक करोड १३ लाख ९७ हजार रुपैयाँ पुगको हो । गत आवमा कम्पनीको कुल संचालन आम्दानी २० करोड ३४ लाख रुपैयाँ रहेकोमा चालु आवमा ०।४६ प्रतिशतले घटेर २० करोड २४ लाख रुपैयाँ आम्दानी भएको छ ।

समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफामा पनि उल्लेख्य वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्म ९३ लाख ६४ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको यस कम्पनीको चालु आवको सोही अवधिमा ७३.७२ प्रतिशतले बढेर एक करोड ६२ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले तेस्रो त्रैमाससम्म १५ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा ४.४६ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले १३ करोड १४ लाख रुपैयाँ कर्मचारीमा खर्चिएको छ । गत आवको सोही अवधिमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ कर्मचारीमा खर्चिएको थियो ।