नेपाल रिको ११ लाख कित्ता शेयर बेच्दै विशाल ग्रुप

नेपाल रिको ११ लाख कित्ता शेयर बेच्दै विशाल ग्रुप



काठमाडौं–नेपाल पुनर्बीमा कम्पनी नेपाल रिको ११ लाख कित्ता आज वैशाख १८ गतेबाट विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल रिको शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य योग्य संगठित संस्थाहरुले खरिद आवेदन दिन पाउनेछन्। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण ११ लाख कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले वैशाख २६ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्।