कालिका लघुवित्तको नाफा करिब १० प्रतिशत घट्यो

कालिका लघुवित्तको नाफा करिब १० प्रतिशत घट्यो


काठमाडौं– चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कालिका लघुवित्त वित्तीय संस्थाले ३ करोड २१ लाख रूपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा यो वर्ष ९ दशमलव ८२ प्रतिशत नाफामा कमी आएको छ । अघिल्लो वर्ष यस अवधिसम्म संस्थाले ३ करोड ५६ लाख रूपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, संस्थाले यस वर्ष ४ करोड ५८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ भने तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड ५२ लाख रूपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ३७ करोड २३ लाख २१ हजार रूपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म १ अर्ब ३० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको सो संस्थाले ३ अर्ब ६९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।