निर्जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे बीमा शुल्क आर्जन ? यस्तो छ आँकडा

निर्जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे बीमा शुल्क आर्जन ? यस्तो छ आँकडा


काठमाडाैं – नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमालेखको प्रदेशगत विवरण अनुसार बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमा शुल्क संकलन भएको छ । चैत महिनासम्ममा बीमा कम्पनीहरुले यस प्रदेशबाट १९ अर्ब ७३ करोड ३० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीहरुले चैत महिनासम्म सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु र कृषि तथा बालि लगायतका बीमा लेखहरुबाट उक्त बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

बीमा शुल्क संकलनको आधारमा दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । चैत महिनासम्ममा बीमा कम्पनीहरुले लुुम्बिनी प्रदेशबाट २ अर्ब ७२ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

साथै, बीमा कम्पनीहरुले यस त्रैमाससम्ममा कोशी प्रदेशबाट २ अर्ब ६५ करोड ३८ लाख रुपैयाँ, मधेश प्रदेशबाट १ अर्व ९९ करोड २६ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १ अर्व ६७ करोड ५ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट ५८ करोड ६९ लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट ७८ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । निर्जिवन बीमा कम्पनीहरुले कर्णाली प्रदेशबाट सबैभन्दा कम बीमा शुल्क संकलन गरेका छन् ।