सिरहा प्रहरीद्वारा नाबालीका हत्यामा संलग्न २ महिला पक्राउ

सिरहा प्रहरीद्वारा नाबालीका हत्यामा संलग्न २ महिला पक्राउ


काठमाडौं – सिरहामा छिमेकीको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका–१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन्।

छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा आमाछोरीलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पक्राउ गरिएको हो । गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् ।

खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको थियो ।

यस्तो छ घटनासम्बन्धी जिल्ला प्रहरी कार्यालय सिरहाको प्रेस विज्ञप्ति