सिता एयरको जहाजमा समस्या देखिएपछि  पुनः काठमाडौं फर्काइयो 

सिता एयरको जहाजमा समस्या देखिएपछि  पुनः काठमाडौं फर्काइयो 


काठमाडौं– काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजकाे हाइड्रोलिकमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएकाे छ । हाइड्रोलिकमा समस्या देखिए पनि जहाज सुरक्षित अवतरण गरिएकाे हाे ।

सोमबार बिहान साढे ९ बजे काठमाडौंबाट रामेछाप उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाज २० मिनेटमै काठमाडौं फिर्ता गरिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।  

हाइड्रोलिकमा समस्या आएपछि पुनः काठमाडौं फर्किएर आकस्मिक अवतरण गरेको जहाजको हाल प्राविधिक टिमले मर्मत गरिरहेको निरौलाले जानकारी दिए । यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।