सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ४०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार सोही मूल्यले घटेकाे हाे ।

सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।