यूनाइटेड अजोड इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम संचालन गर्दै

यूनाइटेड अजोड इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम संचालन गर्दै


काठमाडौं, यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ३ दिनसम्म कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम तथा परीक्षा संचालन गर्ने भएको छ ।

यस तालिममा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तीमा एक वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएका व्यक्ति वा संस्थाका प्रतिनिधिहरूको सहभागी गराउने जनाइएको छ।


तालिम संचालन गुल्मीको तम्घासमा वैशाख २१ गते देखि २३ गतेसम्म विहानको ९ बजेदखि अपरान्ह ५ बजेसम्म हुनेछ । यसका लागि इच्छुक व्यक्तिले आवश्यक कागजात सहित वैशाख २० गतेभित्र निवेदन पठाउनुपर्नेछ ।

साथै, अभिकर्ता इजाजत पत्र प्राप्त गर्न परीक्षा उत्र्तीण गर्नुपर्ने भएकाले वैशाख २३ गते परीक्षा संचालन गरिने कम्पनीले जनाएको छ ।