तेस्रो लगानी सम्मलेन : यस्ताे छ आजको कार्यतालिका

तेस्रो लगानी सम्मलेन : यस्ताे छ आजको कार्यतालिका


काठमाडौं– हिजो (वैशाख १६) गतेबाट सुरु भएको लगानी सम्मलेनको आज दोस्रो दिन अर्थात् अन्तिम दिन हो। आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् भने पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल सत्र हुनेछ।

सो सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीलगायत वक्ता छन्।

‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ‘यातायात पूर्वधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोका सदस्य प्रा।डा। सङ्गीता सिंह, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा र प्राध्यापक डा. सुरेशराज आचार्यलगायत वक्ता रहेका छन्।

सम्मेलनमा समानान्तर बहस सत्र पनि सञ्चालन हुनेछन्। समापन सत्रमा सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्, भने समापन मन्तव्य अर्थमन्त्री पुनले दिने कार्यक्रम छ।