विकास ऋणपत्रमार्फत ८ वर्षका लागि ५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

विकास ऋणपत्रमार्फत ८ वर्षका लागि ५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार


काठमाडौं – सरकारले ८ वर्षका लागि ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋणपत्र व्यवस्थापन कार्यालयले वैशाख २० गते विकास ऋणपत्र २०८९ ‘ग’ जारी गर्न लागेको हो । यो ऋणपत्रको साँवा भुक्तानी २०८९ वैशाख २० गते हुनेछ।

यो विकास ऋणपत्रको बोलकबोल वैशाख १८ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यालयले जनाएको छ।यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन्।

ब्याजदर निर्धारण भने बोलकबोलबाट हुनेछ। यो ऋणपत्र धितोका रुपमा राखी कर्जा लिन वा दिन पाइनेछ। इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन पाउनेछन्। कार्यालयले प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोललाई क्रमशः निष्कासित रकमको ८५ प्रतिशत र १५ प्रतिशत अर्थात ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ र १ अर्ब १५ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ।