शेयर बजारमा १४ अंकको बृद्धि हुँदा कारोबार रकम २ अर्ब ६८ करोड 

शेयर बजारमा १४ अंकको बृद्धि हुँदा कारोबार रकम २ अर्ब ६८ करोड 


काठमाडौं – आज साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार १४ दशमलव ३३ अंकले बढेर १,९८० को विन्दुमा कायम भएको छ । 

आज दिनभरमा ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।