‘कुशलतापूर्वक काम गरेका कारण बैंकहरुको नाफा बढ्यो, यसको सकारात्मक बहस गरौं’

‘कुशलतापूर्वक काम गरेका कारण बैंकहरुको नाफा बढ्यो, यसको सकारात्मक बहस गरौं’

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनिल कुमार उपाध्याय, प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक 
अनिल कुमार उपाध्याय नेपाली बैंकिङ्ग क्षेत्रमा एक गतिशील नाम हो। परिणाममुखी काम गर्न रुचाउने यो व्यक्तित्वसँग बैंकिङ्ग क्षेत्रमा ३० वर्ष भन्दा बढीको अनुभव छ। हाल कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेका उनले सोही बैंकमा एसियाली विकास बैंक (एडिबी) को क्लस्टर कार्यक्रम अन्तर्गत उप महाप्रबन्धक, मुख्य निर्देशक र  विभागीय प्रमुखका रूपमा १० वर्ष भन्दा बढी समय बिताएका थिए । 
व्यवसाय सञ्चालन प्रमुख र  ऋण, शाखा सञ्चालन र मानव संसाधन डिभिजन प्रमुख रहेका बेला उनले गरेका सङ्गठनात्मक सुधार र उत्तम अभ्यासको कार्यान्वयनको लागी उनलाई सधैँ सम्झने गरिन्छ । रणनीतिक योजना, व्यवसाय, गैर(वित्त पोषित व्यवसाय, तरलता र जोखिम व्यवस्थापनका साथै बैंकको शाखा सञ्चालनका सम्बन्धमा स्पष्ट दृष्टिकोण भएका उनै  उपाध्यायसँग हालसालै जारी मौद्रिक निति, कृषि विकास बैंकका अगामी योजनाहरु लगायत कर्जाका विषयहरुमा बैंकिङ्ग समाचारका मनोज रेग्मीले गरेको कुराकानीः

हामीले लामो समयदेखि कोरोना भाइरसको संन्त्रास भोगिरहेका छौं, अझै पनि संक्रमणदर बढ्न सक्ने विज्ञहरु बताउँछन । यती लामो समयसम्म हामीले के गुमायौं, के पायौं र के सिक्यौं ?

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण गत आर्थिक वर्ष हामी पुरै प्रभावित भयौं । अझै पनि हामी कुनै न कुनै ढंगबाट प्रभावित नै छौँ । यो अवधिमा हामीले ठूलो मानवीय क्षति पनि ब्यहोर्नु पर्याे । आर्थिक क्षेत्रमा पनि ठुलो क्षेती भोग्नुपर्यो । पर्यटन क्षेत्र उठ्न नसक्ने गरी समस्यामा अझै छ । कोरोनाकालको लामो अन्तरालमा हामीले संकटको अवस्थामा पनि आर्थिक गतिविधिलाई कसरी चुस्तदुस्त बनाउने भन्ने विषयतर्फ केन्र्दीत रहेर काम गर्यौ । आम जनतालाई कसरी सेवा प्रवाह गर्ने, सुरक्षामा अप्नाइनुपर्ने विधिहरु, सुरक्षित हुनका लागि अब्लबन गर्ने पद्दतीहरु र व्यवसायलाई कुन–कुन ढंगबाट टिकाइराख्ने भन्ने विषय हामीले सिक्यौं । नाफा भन्दा पनि व्यवसायलाई कसरी टिकाउने भन्ने कुरा महत्पूर्ण रहेछ भन्ने हामीले जान्यौँ । 

बैंकहरुले कर्जा लगानीबाट भन्दा अन्य सञ्चालन आम्दानीबाट नाफा कमाएको देखिन्छ । यसलाई कसैले बैंक तथा वित्तिय संस्थाहरु आफ्नो उद्दश्यबाट विमुख भएको आरोप लगाइरहेका छन । वास्तममा किन बढ्यो अन्य आम्दानी ?
नेपालमा बैंकिङ्ग व्यवसाय अत्यन्तै पारदर्शी ढंगबाट सञ्चालीत छ । बैंकहरुले आफुले गरेका कारोबारको विवरण प्रतेक त्रैमासमा सार्वजनिक गर्दै आइरहेका छन। ब्याजदर, बस्तुसेवादेखि आफ्ना वित्तिय सुचाकांकहरु, वासलातहरु, नाफा–घाटासम्म आम जनता तथा शेयरधनीलाई जानकारी गराएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकलाई पनि उचित रिर्पोटिङ्ग भएको हुन्छ । त्यसैले बैंकिङ्ग क्षेत्र हरेक कुरामा पारदर्शी छ । नियामकदेखि निति–नियम, बाफियासम्मले दिएको पद्धतीभित्र रहेर बैंकहरुले कुशलतापूर्वक काम गरेका छन । मलाई लाग्छ कुशलता भनेको यही नै हो । यस्तो महामारीको बेलामा पनि यस्तो नाफा कमाए, स्यावास दिनुपर्छ । यस्तो बेलामा पनि हामीले पोर्टफोलियो समाह्लन सक्यौं । 

नाफा कमाउनु भनेको राजस्व पनि तिर्नु हो । यसले आगामी वर्षको वित्तिय योजनालाई पनि कायम गर्ने भयो । ग्राहक, कर्मचारीदेखि शयरधनीहरुसम्मको दायित्वहरुलाई पनि पुरा गर्ने भयो । यी तमाम कुराहरु नाफामै केन्द्रीत छन । त्यसैले नाफा कमाउने कुरा अत्यन्तै सकरात्मक हो । यसलाई अझ सकरात्मक बनेर बहस गर्न सकिन्छ । बैंकिङ्ग क्षेत्रले यस्तो अवस्थामा पनि नफा आर्जन गर्न सक्छ भने अन्य कुनै क्षेत्रले किन नाफा कमाउन सक्दैन भन्ने सन्देश पनि बैंकहरुले दिएको हामीले पाएका छौँ । नियामक निकाय नेपाल राष्ट्र बैंकको कुशल व्यवस्थापनले पनि हामीलाई धेरै सघाएको छ ।

\"\"
यो पोर्टफोलियोबाट भएन भने अर्को फोर्टफोलियोबाट भन्ने अप्सन पनि नयामकले दिएको छ । त्यसैले विषम परिस्थितीमा पनि आफु व्यवस्थीत भएर नाफा कमाउनु भनेको सवल कार्य हो ।  हामी उद्देश्यबाट विमुख हुनुपर्ने पनि छैन भएका पनि छैनौ । अहिलेको हाम्रो व्यवसायीक प्रगती (ग्रोथ) हेर्दा कृषिमा झण्डै १४ प्रतिशत छ । अहिलेसम्म बैंक तथा वित्तिय संस्थाहरुले यतीसम्म पनि ग्रोथ गर्न सकेका थिएनन । ‘क्यापीटल मार्केटलाई पनि तरलता सर्पलस’ भएको बेला ‘क्यापीटल मार्केटले पनि स्पेस’ पाएपछि त्यो सिमामा कारोबार गर्न पायो, बजार पनि राम्रै भयो । कारवाही नगर, शुल्क धेरै नलिउ लगायतका केद्रीय बैंकका निर्देशन हामीले मानेकै हो । त्यती हदसम्म व्यवस्थापन गरेर हामीले कुशलता देखाएको हो । सञ्चालन नाफाको हिसाब गर्दा बैंकिङ्ग क्षेत्र त्यती धेरै नाफामा होइन । तर, हामीले आफुसँग भएको पोर्टफोलियो व्यवस्थापन गरेर, केन्द्रीय बैंकले दिएको निर्देशनभित्र बसेर नाफा आर्जन गर्न सक्यौं । सोही नाफाका कारण हामी अझै पनि व्यवसाय गर्न सक्षम छौँ, भन्ने कुराको सन्देश दिएको छ ।  

मौद्रिक नीति मार्फत ‘सीसिडी रेसियो’ खारेज गरी ‘सिडी रेसियो’ लागू गर्ने व्यवस्था गरिएको छ, यसले ब्याज, तरलता, कर्जाको सहजतामा कस्तो असर गर्छ ?

हिजोकै अवस्थामा गणना गर्दा ग्राहकहरुबाट उठाएको सिधा निक्षेपलाई मात्रै गणना गरिन्थ्यो । मौद्रिक निति जारी भैसकेपछि अन्य थुप्रै विषयहरु निक्षेप स्रोतमा गणना गर्न पाइन्छ ।  सापटीका कुराहरु, बोन्ड–डिबेन्चर जारी गर्ने कुराहरु आएको छ । यस्ता दिर्घकालिन स्रोतहरुलाई लगेर निक्षेपमा जोडिएको छ । सिधै ग्राहकहरुसँग बचत वा मुद्दती लिएको पैसा, कलका पैसा, चल्तीका पैसामात्रै नभई यतापट्टिका पनि स्रोतहरुलाई निक्षेपमा गणना गर्दा हामी हिजोजस्तो आत्तिनुपर्ने अवस्थामा छैनौ । उदाहरणको लागि कृषि विकास बैंकले १२ अर्बको कृषि बोन्ड जारी गरेको छ । त्यस्तै हामीले डिबेन्चर (ऋणपत्र) पनि जारी गर्यौ ।

पूर्नकर्जाको विषयलाई पनि हामीले समेटेका छौँ । यी सबै जोड्दा हाम्रो निक्षेप स्रोत भित्रै पर्दछ । त्यसैले यस्ता कुराहरुलाई नजोड्दा अलिक माथि ( विगतमा सिसिडी रेसीयो ८० प्रतिशत कायम गर्नुपर्नेमा मौद्रिक नितिमा सिसिडी रेसीयो खारेज भई सिडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने सन्दर्भमा) पुगेको देखिन्छ । कुनै चिज ह्वात्त बढाएर फेरि सन्तुलनमा ल्याउन खोज्दा गाह्रो हुनसक्छ । हामीले धेरै लगानी गरेर सन्तुलन गर्न खोज्दा धेरै कुराहरु नमिल्न पनि सक्छन । त्यसकारण महामारीमा हामीले सबै कुरा सन्तुलीत गर्न सक्यौ भने पछिका दिनहरुमा पनि सजिलो हुन्छ । यदी हामीले लगानी वृद्धि गर्यौ भने अलिक टाइट हुनसक्ने सम्भावना छ । तर लगानी कम भएको खण्डमा हामीलाई लगानी बढाउन, काम गर्न धेर थोरै क्षेत्र (स्पेस) दिएको छ । हामी व्यवस्थापनकै पक्रियामा छौँ । यस्ता मुद्दाहरु उठ्नु स्वभाविक हो ।  

कर्जा ‘इभरग्रिनिङ्ग’ भएको कुरा पनि पटक–पटक उठ्छ । आइएमएफले पनि नेपाली बैंकको एसेट ‘क्वालिटी’मा प्रश्न गर्ने गरेको छ । तर नेपाली बैंकहरुले द्वन्द्वको बेलामा पनि, महाभूकम्पको वर्ष पनि र महामारीको वर्ष पनि राम्रो नाफा गरे । नेपालका बैंकहरु ठूला संकट पनि सामना गर्न सक्ने अवस्थामा पुगेका हुन् ?

यसमा केन्द्रीय बैंकले पनि सहज बनाएको छ । ऋणीसँग उच्च ब्याज नलीने, कारावाही नगर्ने, एकल अंकमा मात्रै ब्याजदर प्रतिशत कायम (सिंगल डिजिट) पुर्नकर्जा, भुक्तानी म्याद थप, पूर्नतालिकिकरण, ‘ग्रेस’ अवधि, चालु पुजी २० प्रतिशत थप, १० प्रतिशत आवधिक कर्जा यस्ता थुप्रै सुविधाहरु हेर्दा राष्ट्र बैंकले अत्यन्तै चालाखीपूर्वक काम गरेको देखिन्छ । १४८ अर्ब रकम पूर्नकर्जामा, भुक्तानी अवधि थपमा ९३ अर्ब, पुर्नतालिकिकरणमा १२९ अर्ब, ५२ अर्बको ग्रेस अवधि, चालु पुँजी २० प्रतिशत थप्दा १४ अर्ब र आवधिक कर्जामा १० प्रतिशत ब्याजदर गर्दा ९ अर्ब त्यसैबाट गएको छ ।

डिजिटल पेमेन्टको शुल्क नलिने र साना कर्जामा सेवासुल्क नलिने व्यवस्था पनि कायम भयो । यी सबै कुराले ऋणी पनि नमरोस र बैंकको पोर्टफोलियो पनि नबिग्रियोस भन्दै केन्द्रिय बैंकले कुशलतापूर्वक व्यवस्थापन गरेको छ । सोही कारणले आज हामी यो अवस्थामा छौँ ।  यदी यस्तो हुँदैनथ्यो भने ‘डिफल्ट रेट’ बढ्थ्यो, धैरै कारवाही गर्नुपथ्र्यो, हामी सबैजना असन्तुलित अवस्थमा हुन्थ्यौं । यस्तो बेलामा पनि कारवाही गर्यो, जरीवाना लियो भन्थे सबैले । यी सबै राहतका कुराहरु केन्द्रय बैंकको ‘स्टीमुलेट मोडेल’ हो । राहतका नाममा सिधै सिधै दिनुपर्र्दै, निति नियमहरु पनि कहिलेकाहीँ राहत बनेर आइपुग्छन । 

एसएमई ले सहजै कर्जा पाउन र अहिले तिरिरहेको भन्दा कम ब्याज हुने अवस्था कसरी आउँछ ?

अहिले बैंकहरुको कर्जाको ब्याजदर सबै एकल अंक (सिंगल डिजिट) मा छ । यो भन्दा कम ब्याजदर विगतमा कहिल्यै भएको थिएन । ७ देखि १० प्रतिशतको बीचमा ब्याजदर कायम गरी कर्जा प्रवाह गरिरहेको अवस्था छ । अहिलेको अवस्थामा साना कर्जा कृषि तथा घरेलु उद्योगहरुमा बढि गएको छ । सहुलियतपूर्ण कर्जामा पनि कृषि विकास बैंकले ठुलो योगदान पुर्याएको छ । कृषि विकास बैंकमा त अझ २० लाख भन्दा मुनिका कर्जामा ८१ प्रतिशतसम्मको भार छ । १ लाख ५० हजार भन्दा बढि कर्जा साना तथा मझौला उद्योगहरुले नै पाएको देखिन्छ । जनसंख्या वृद्धिसँगै जन अपेक्षा अनुरुप हाम्रो बैंकले मात्रै सबैको माग पुरा गर्न नसकेको हुनसक्छ । अन्य बैंक तथा वित्तिय संस्थाहरु जस्तै विकास बैंक, फाइनान्स कम्पनीहरु, लघुवित्तहरु, सहकारीहरुले पनि आवश्यक रुपमा कर्जा प्रवाह गरिरहेको अवस्था छ । यतीबेला कर्जाको माग पनि बढेको देखिन्छ । हामी राम्रो प्रक्रियाबाट गएका छौँ, संख्या कम भएको मात्रै हुनसक्छ, त्यसलाई आगामी वर्ष केन्द्रय बैंकले तोकेको सिमाभित्र बसेर काम गर्यौ भने सुधार गर्ने बाटा पहिल्याउने छ भन्ने हाम्रो विश्वास छ ।  
विदेशीएका धेरै युवाहरु अहिले स्वदेश फर्किएको अवस्था छ । यो जनशक्तिलाई कृषितर्फ अग्रसर गराउनका लागि कृषि विकास बैंकको पनि महत्वपूर्ण भूमिका हुन्छ नि ?

कामको गुणस्तरीय, प्राविधिक र पैसा यी तीन कुराको संयोजन मिलाउन सक्नु पर्छ । साना तथा मझौला व्यवासयी कर्जाहरु दिएर पनि उत्पादन देखि बजारीकरण गर्ने सम्मका कुराहरुमा विकास गर्नु पर्छ । उत्पादन र बजारीकरण गर्न सक्नुपर्छ । क्वालिटीमा कम्प्रमाइज गर्नु हुँदैन । अर्गानिकमा फोकस गर्नु पर्छ । हामीले गाउँघरमा साना–साना कोल्ड स्टोरको पनि व्यवस्था गरेका छौँ । हामीले किसानहरुका लागि ‘किसान कार्ड’ को समेत व्यवस्था गरेका छौँ । उत्पादन भण्डारण र बजारीकरणमा व्यवस्था गरेर युवाहरुलाई स्वरोजगार बनाउन सक्यो भने अवश्य नै विदेशिएका युवाहरुलाई नेपालमै उद्यमी बनाउन सकिन्छ ।  

प्रविधिगत रुपमा अगाडि बढ्नुपर्छ । ठूलो स्केलमा निर्यात पनि गर्न सकिन्छ । क्षेत्रगत रुपमा विकास गर्दै लैजाने हो भने त्यहाँका मानिसहरु रोजगारी पाउँछन् । खाद्यान्नको समस्या भोग्नु पर्दैन । स्थानीय स्तरको उत्पादित वस्तु त्यहीँ बजारीकरण गर्नु पर्छ । बैंकिङ क्षेत्रलाई डिजिटलाइजेसन गरेर फाष्ट ट्रयाकमा काम गर्ने मोडालिटी बनाउने उचित समय पनि यहि हो ।

नेपाल राष्ट्र बैंकले १ करोड रुपैयाँसम्मको कर्जामा २ प्रतिशत प्रिमियम थप गर्नुपर्ने व्यवस्था गरेको छ, यसले बैंकिङ क्षेत्रलाई के प्रभाव पर्छ ? 

मसिनो कर्जाको सञ्चालन खर्च (अपरेटिङ्ग कस्ट) बढि हुन्छ । धेरै संख्या र थुप्रै प्रक्रियामा जाँदा, धैरैको कागजात हेर्नुपर्यो, सबैंको रेकर्ड राख्नुपर्यो, कर्जा व्यवस्थापन लगायतका कामहरु गर्दा कहीँकतै धेरै जनसक्ती र सञ्चालन खर्च बढेर जान्छ । त्यसैले अहिले नाफा कमाउने बहस भन्दापनि सरकारले अथवा केन्द्रीय बैंकले पनि कमाउन भन्दा सेवालाई प्राथमिकता दिनुपर्छ । त्यसैले २ प्रतिशत सहुलियत दिनु अत्यन्तै राम्रो पक्ष हो । हामीले त्यसलाई स्वागत गरेका छौँ नराम्रो मानेका छैनौ । 

महामारीको बेलामा सबै क्षेत्रबाट राहातको माग भए, अपेक्षाहरु प्रकट भए तर बैंकिङ्ग क्षेत्रले सरकारसँग कुनै प्रकारका राहात मागेन । के बैकिङ्ग क्षेत्रमा कुनै नोक्सान भएन ? महामारीको बेलामा पनि यो क्षेत्रलाई सरकारको तर्फबाट कुनै सहयोग नचाहिएको हो ?

राहत भनेको पैसा मात्रै हुँदैन । महामारीका बेला ऋीणीहरुलाई साथ दिँदै पूर्नकर्जा आयो, त्यसमा मार्जिन कम भयो । सस्तो ब्याजदरमा ऋीणीहरुले कर्जा पाए त्यसमा हामीलाई पनि राष्ट्र बैंकले अतिरिक्त रकम दियो, त्यसले कर्जाधारीहरुलाई पनि उचित सहुलियत भयो । यती मात्र नभई सहुलियतपूर्ण कर्जाको अनुदान पनि राष्ट्र बैंकले दिएको छ । हामीलाई राहतको रुपमा पैसा हैन केन्द्रीय बैंकको व्यवस्थापनले हामीलाई सहज बनाईदियो । यही नै राहत हो । त्यसैले यस्तो अवस्थामा सरकारसँग अथवा नियामक निकायसँग राहत स्वरुप नितिगत व्यवस्थापन र सहजता हुनुपर्यो । लगानी गर्ने विषयमा नितिगत रुपमा केही बाधाहरु रहेछन भने त्यसको सम्बोधन हुनुपर्यो । त्यसैले बैंक तथा वित्तिय संस्थाको ब्यालेन्स सिटलाई असर पार्ने जुन कुराहरुछ त्यसको संसोधन हुनुपर्यो । नितिगत सहयोग नै ठुलो कुरा हो । 

मर्जरमा जाने बाणिज्य बैंकलाई ल्याईएका सुविधाले मर्जरमा जानलाई उत्साहित बनाउँछ ?

खासमा मर्जरमा आफै जानुपर्ने हो । विश्वमा हेर्दा मर्जर आफैमा ओपन पोलिसी   (खुल्ला निति) जस्तै हो । वित्तिय बजारमा टिक्न सकेन, उचित प्रतिफल दिन सकेन, खर्च बढि भयो, प्रविधिमा खर्च गर्ने क्षमता राख्दैन भने, चुक्ता पुँजी पनि प्रयाप्त छैन भने टिक्न सक्ने र नसक्नेहरु आफै छुटिन थाल्छन । त्यसकारण मर्जरको कुरा उठ्ने हो । मर्जरमा जाँदा पूँजी बलियो बनेर जान्छ भने मूल्य निर्धारण तथा व्यवस्थापन पनि हुन्छ । थोरै संस्थाहरु हुँदा अस्वस्थ प्रतिशपर्धा पनि कम भएर जान्छ । संस्था ठुलो भयो भने ठुलो लगानी गर्न पनि सहजै सक्छ । संसारमा प्रविधि सुरक्षामा लाग्ने खर्च बढिरहेका बेला बलियो संस्थाले सुरक्षाका विषयमा पनि उचित ध्यान दिन सक्छ । साथै कर्मचारी संरचना, बोर्डको संरचना लगायतका विषयहरु पनि मर्जरमा पर्दछन । मर्जर आफैमा चुनौती पनि हो र अवसर पनि हो । त्यसैले राज्यले यसको व्यवस्थापनको लागि अलिकति राहत, सहुलियतहरु दिएर हौसला दिएको हुन्छ । विगत केही वर्षदेखि केन्द्रीय बैंकले यो विषयलाई स्पेस, अवस्था र सुविधाहरुलाई मध्यनजर गर्दै प्रदान गरेको छ । अहिले त्यस्तै किसिमको मौद्रिक निति आएको छ । 

अन्तमा कृषि विकास बैंकका आम ग्राहकहरुलाई के भन्नुहुन्छ ? 
हामी तपाईहरुको निरन्तर मायाको अपेक्षा राखेका छौँ । हामी भरपर्दो र विश्वासिलो सेवा दिन तयार छौँ । हामी निरन्तर आफ्नो कार्यक्षेमतामा वृद्धि गर्दै सरोकार ग्राहकमात्रै नभई लगानीकर्ताहरुलाई पनि उचित प्रतिफल दिन तयार छौँ । कृषि विकास बैंकबाट कारोबार गरिसकेपछि हामी सम्पूर्ण बैंकिङ सेवा सुविधाहरु प्रदान गर्न कटिवद्ध छौँ । छोराछोरीलाई विदेशमा पैसा पठाउने, विदेशबाट स्वदेशमा ल्याउने, कृषि कर्जा देखि अन्य थुप्रै कर्जा, डिम्याट खाता देखि सिआस्वा सेवा लगायत अन्य थुप्रै सेवा प्रदान एउटै थलोबाट कृषि विकास बैंकबाट पाइन्छ । हामी डिजिटल बैंकिङ कारोबारलाई पनि फोकस दिएर काम गरिरहेका छौँ । ग्राहकरुलाई सन्तुष्टि दिनेतर्फ हामी केन्द्रीत भएर लागेका छौँ ।