सानिमा रिलायन्स लाइफमा कर्मचारी दरखास्त आवह्वान

सानिमा रिलायन्स लाइफमा कर्मचारी दरखास्त आवह्वान


काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी दरखास्त आवह्वान गरेको छ । कम्पनीले चार प्रदेशका विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख पदमा दरखास्त आवह्वान गरेको हो ।

कोशी प्रदेशको भोजपुर, विराटनगर, खाँदबारी, ओखलढुङ्गा शाखा, मधेश प्रदेशको जीतपुर शाखा, बागमति प्रदेशको बत्तीसपुतली, महाराजगंज, चनौली, कालिमाटी र फर्पिङ्ग शाखा साथै लुम्बिनी प्रदेशको बर्दघाट र रामपुर गरी १२ शाखा कार्यालयका लागि कम्पनीले शाखा प्रमुख पदमा कर्मचारी आवह्वान गरेको हो ।

उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले छ ।