ग्लोबल मनी विक २०२४ को अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडद्धारा सचेतनामूलक कार्यक्रम

ग्लोबल मनी विक २०२४ को अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडद्धारा सचेतनामूलक कार्यक्रम


काठमाडौं– आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा वित्तीय शिक्षा अभिवृद्धिका लागि सचेतनामूलक कार्यक्रम गरेको छ । आरविविले चैत्र ९ गते श्री नुवाकोट आदर्श बहुमुखि क्याम्पस बट्टारमा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षकहरुको लागि वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

ग्लोबल मनी विक २०२४ अवसरमा आयोजित यस कार्यक्रमले पुँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने र सहभागीहरुले शेयर लगानी सम्बन्धी ज्ञान हासिल गरी लाभान्वित हुने विश्वास आरविविको छ । उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक/ शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । साथै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको सहभागिता कार्यक्रममा थियो ।

यसैगरी आरविविको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र वरिष्ठ अधिकृत सृजना बाँस्कोटाले कार्यक्रम संचालन गरेका थिए । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ धने अजय घिमिरेले दिएका थिए ।

आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत्प्रतिशत लगानीमा स्थापित संस्था हो ।