बागमती प्रदेश बचत संघको सिइओमा केशवप्रसाद दाहाल

बागमती प्रदेश बचत संघको सिइओमा केशवप्रसाद दाहाल

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काभ्रे ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा केशवप्रसाद दहाल नियुक्ती हुनुभएको छ । संघको सञ्चालक समितिले उहाँलाई ४ वर्षको लागि नियुक्ती गरेको हो ।

दाहालसँग सहकारी अभियानको २१ वर्ष अनुभव छ । ज्योति मिर्मिरे सामुहिक साकोस, नेफ्स्कून, एकीकृत फ्रेण्डसिप साकोसमा काम गरेको अनुभव दाहालसँग छ । दाहाल एक वर्ष अघि नेफ्स्कून छाडेर एकीकृत फ्रेण्डसिप साकोस, दोलखाको प्रमुख कार्यकारी अधिकृत बन्नुभएको थियो । उहाँ २०७३ पौषमा नेफ्स्कून प्रवेश गर्नभएको थियो । त्यस अघि उहाँ ज्योति मिर्मिरे सामुहिक साकोसमा कार्यरत हुनुहुन्थ्यो ।

बुधबार सिइओ दाहालको पद बहाली हुँदैछ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संघले काठमाडौंमा कर्पोरेट कार्यालय खोल्ने तयारी गरिरहेको छ ।

२०७७ साउन १३ गते दर्ता भएको संघले एक वर्षमै ३२ लाख ८१ हजार मुनाफा कमाउन सफल भएको थियो । स्थापनामा १२ वटा जिल्ला संघ र ७० वटा प्रारम्भिक सहकारी सदस्य रहेको संघमा हाल १ सय ५२ सदस्य पुगेको छ । स्थापनामा ४ लाख सेयर पुँजी रहेकोमा २०७८ असार मसान्तसम्म आईपुग्दा २ करोड ७० लाख पुगेको छ ।

संघले यस अवधिमा १ अर्ब १८ करोड बचत संकलन गरी ३४ करोड ८७ लाख कर्जा लगानी गर्न सफल भएको छ ।