सुनको मूल्य दुई हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य दुई हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडाैं – आज नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला दुई हजार रूपैयाँले बढेकाे छ । साेमबार स्थिर रहेकाे सुनकाे मूल्य मंगलबार ताेला दुई हजार रुपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख २३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २२ हजार ४०० रुपैयाँमा पुगेकाे छ । साेमबार सुनकाे मूल्य प्रतिताेला १ लाख २१ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।