मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा कायम रहेको छ ।

राष्ट्र बैंकका अनुसार यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २८ पैसा तोकिएको छ । यस्तै, यस दिन बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७० पैसा रहँदा बिक्री दर १६८ रुपैयाँ ४६ पैसा रहेको छ ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको केन्द्रीय बैंकले जनाएकाे छ ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?