आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलामा १ लाख २१ हजार रूपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ। यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आजपनि सोही मूल्यमा कारोबार भइरहेको छ।