६ सयले मूल्य बढ्दा तोलाको कति पुग्यो सुन ?

६ सयले मूल्य बढ्दा तोलाको कति पुग्यो सुन ?


काठमाडौं– शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आज छापावाला सुन १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १ हजार ३९० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।