सुन तोलामा २ सय रुपैयाँले बढ्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

सुन तोलामा २ सय रुपैयाँले बढ्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार तोलामा १ सय रुपैयाँले घटेको सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा काराेबार भइरहेकाे छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम रहेको थियो ।

सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर छ। बुधबार १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी, आजपनि सोही मूल्यमा कारोबार भइरहेको छ ।