बुधबार सुनको मूल्य घट्यो

बुधबार सुनको मूल्य घट्यो


काठमाडौं– बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा १ सय रुपैयाँले घटेर आज छापावाल सुन तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ पुगेको छ । आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलमा ५ रुपैयाँले घट्दै चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।