लघुवित्त पीडित संसद भवनभित्र प्रवेश गरेकोबारे छानबिन गर्न समिति गठन


काठमाडैं– आन्दोलनमा उत्रेमा लघुवित्त पीडित संसद भवनभित्र प्रवेश गरेकोबारे छानबिन गर्न समिति गठन भएको छ । छानबिनका लागि प्रहरी प्रधान कार्यालयद्वारा उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।

गठित समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे रहेका छन् । समितिले लघुवित्तका ऋणीहरु कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरे भन्ने बारे छानबिन गर्नेछ । साथै सुरक्षा निकायको कहाँ कहाँ कमजोरी रह्यो भन्ने विषयमा पनि समितिले अध्ययन गर्ने जनाइएको छ ।

सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।