आइतबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

आइतबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार ५०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ थियो ।

त्यस्तै आइतबार तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।