आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार ४ सय रुपैयाँले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला छापावाला सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।