सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। सोमबार ४ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख १८ हजार रूपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज स्थिर रहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।