आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १७ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीकाे मूल्य २० रूपैयाँले घटेकाे छ । आइतबार चाँदी प्रतितोला १४ सय ३० रूपैयाँमा कारोबार भएको थियो भने आज १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।