हट्यो प्याज निर्यातमा लागेको प्रतिबन्ध

हट्यो प्याज निर्यातमा लागेको प्रतिबन्ध


काठमाडौं– प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय भारतले गरेको छ । भारतको केन्द्रीय सरकारले उक्त निर्णय गरेको हो ।

भारतमा प्याजको मूल्य बढ्न थालेपछि गत वर्षको डिसेम्बर ८ देखि हाउँदो मार्च ३१ का लागि निर्यातमा रोक लगाएको थियो। तर तोकिएको समयसीमाभन्दा अगावै भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ।

भारतका केन्द्रीय गृहमनत्री अमित शाहको अध्यक्षता रहेको मन्त्री समितिले प्याजको स्टकलाई ध्यानमा राखेर ३ लाख मेट्रिक टन प्याज निर्यातको मन्जुरी दिएको छ।