पाँच सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

पाँच सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?


काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार १४ सयले घटेको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १७ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख १७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो भने १४ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।