सुनको मूल्य १४ सयले घट्दा, चाँदीको मूल्य बढ्यो

सुनको मूल्य १४ सयले घट्दा, चाँदीको मूल्य बढ्यो


काठमाडौं – शुक्रबार सुनको मूल्य १४ सयले घटेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य आज १४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १८ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १४ सयले घटेर १ लाख १७ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ।

तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य भने आज बढेको छ।

बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो भने आज ३५ रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा कारोवार भइरहेको छ।