सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं – बुधबार नेपाली बजारमा १२ सय रुपैयाँले सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १७ हजार ७ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १२ सय रूपैयाँले घटेर १ लाख १६ हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ।

तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले आज घटेको छ।

मंगलबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ६५ रूपैयाँमा कारोवार भइरहेको छ।