सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार गिरावट

सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार गिरावट


काठमाडौं– सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार भने गिरावट देखिएको छ । हिजो प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य तोलामा १ लाख १७ हजार ५५० रुपैयाँकायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा ५ रुपैयाँले बढेको चाँदी भने आज मूल्य स्थिर छ । योसँगै आज चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।