आइतबार सुनको मूल्यमा गिरावट

आइतबार सुनको मूल्यमा गिरावट


काठमाडौं– आइतबार सुनको मूल्यमा गिरावट आएको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मूल्य घटेसँगै आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य भने आज प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य स्थिर रहेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।