बिहीबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहीबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं –नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँमा काराेबार भइरहेकाे छ । त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज सुनको भाउ २०० रूपैयाँ घटेको हो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो।