सुनचाँदीको मूल्य धट्यो, कतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्य धट्यो, कतिमा हुँदैछ कारोबार


काठमाडौं – मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार तोलामा ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज ५ सय रूपैयाँले घटेको हो । आज चाँदीकाे मूल्य ताेलामा १५ रूपैयाँले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।