निरन्तर ओरालो लाग्दै सुनको मूल्य

निरन्तर ओरालो लाग्दै सुनको मूल्य


काठमाडौं– यो साता सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । आइतबार तोलामा ६०० रुपैयाँले घटेको सुन सोमबार पनि ४०० रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँले कारोबार भइरहेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम छ ।

चाँदीको मूल्यमा पनि यो साता गिरावट नै देखिएको छ । हिजो तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले घटेर १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।