काठमाडौ – नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको महसुल भुक्तानी सम्बन्धी विवाद छानबिनका लागि गठन गरेको न्यायिक आयोगका अध्यक्ष गिरिशचन्द्र लालले शपथ लिएका छन् ।
छानबिन आयोगका अध्यक्ष लालले बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्।
गत २४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले लालको नेतृत्वमा उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसाल र ऊर्जा मन्त्रालयका सहसचिव सदस्य रहनेगरी आयोग गठन गरेको थियो ।
लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको विषयलाई लिएर उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच विवाद बढेको थियो ।



About Us
प्रतिक्रिया