काठमाडौं– नेपाल वायुसेवा निगम लोन स्विप र नयाँ जहाज खरीद गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट १ खर्ब ३५ अर्ब सहुलियत ऋण लिने भएको छ । सहुलियत ऋणका लागि अन्तर्राष्ट्रिय आशयपत्र आव्हान गर्दै निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको महंगो ब्याजदरको ऋण भुक्तानी गरी खर्चको भार कम गर्ने जनाएको छ ।
निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने ए–३२० र ए–३३० जहाजहरु खरिद गर्नको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको करिव ५० अर्ब ऋण पनि घटाउन सकेको छैन ।
अब भने प्राप्त हुने ऋणाबाट दुवै कोषको ऋण चुक्ता गर्ने, १० बर्षे व्यावसायिक योजनाअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्ने जहाजहरु खरिद गर्ने र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मत सम्भार गर्ने ह्याङ्गर निर्माण गर्ने समेत निगमले जनाएको छ ।



About Us
प्रतिक्रिया