काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकको ५.२६३ प्रतिशत लाभांश पारित भएको छ। बैंककाे आइतबार सम्पन्र १९औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेकाे हाे।
बैंककाे चुक्ता पुँजी ३ अर्ब २६ कराेड ७५ लाख ७१६ रूपैयाँ ७१ पैसा रहेकाे छ। चुक्ता पुँजीकाे ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएकाे छ।
५.२६३ प्रतिशतले हुन आउने ८५ लाख ९८ हजार ९२५ रूपैयाँ ५७ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको बैंकले जनाएकाे छ।
प्रतिक्रिया