नीतिगत दर १ प्रतिशतले घट्यो

नीतिगत दर १ प्रतिशतले घट्यो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा जारी गरेको छ । मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले नीतिगतदरसँगै निक्षेप सकंलन बोलकबोल दरलाई समेत अधिकतम १.५ प्रतिशतले घटाएको छ ।

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फजाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएकोछ’ केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत भनेको छ ।