विदेशी मुद्रा सञ्चिति मौद्रिक नीतिको लक्ष्यभन्दा बढी

विदेशी मुद्रा सञ्चिति मौद्रिक नीतिको लक्ष्यभन्दा बढी


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राखेको लक्ष्य भन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेको देखिन्छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाबाट यस्तो देखिएको हो।

कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८० असोज मसान्तमा १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम रहेको देखिएको छ। जुन लक्ष्यभन्दा ३.३ महिनाले बढी हो।

मौद्रिक नीतिको कार्य दिशा र विप्रेषण आप्रवाहमा आएको सुधारका कारण शोधनान्तर बचत कायमै रहेकोले विदेशी विनिमय सञ्चिति वृद्धि भइरहेको राष्ट्र बैंकको ठहर छ।