राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंक र ईनलाइटन मोर्टसबिच सम्झौंता

राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंक र ईनलाइटन मोर्टसबिच सम्झौंता


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल, रुपन्देही स्थित ईनलाइटन मोटर्स प्रा.लि. बीच बिवाईडी ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने बिषयमा सम्झौंता भएको छ । बैंक र कम्पनी बीचको यो सम्झौतामा बिवाईडी ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको हो ।

यो सम्झौता अनुरुप ग्राहकले केवल एक प्रतिशत प्रिमियम दरमा अधिकतम ८० प्रतिशतसम्म र अधिकतम आठ वर्ष सम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोग गर्न पाउनेछन् । कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ । यो योजनामा शर्तहरु लागु हुनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।